भारतको टिप्पणी- संयुक्त राष्ट्र संघ स्थान मात्र ओगट्ने, काम नगर्ने पुरानो कम्पनी
काठमाडौं । भारतले संयुक्त राष्ट्र संघलाई स्थान ओगट्ने पुरानो कम्पनी भनेर टिप्पणी गरेको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतको राजधानीमा आयोजना भएको कौटिल्य इकोनिमिक कन्क्लेभमा बोल्दै यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
जयशंकरले अरब र युरोपमा भएको युद्ध र कोभिड–१९ महामारीमा सम्युक्त राष्ट्र संघले केही गर्न नसकेको भन्दै यस्तो बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालसालै संयुक्त राष्ट्र संघले आयोजना गरेको ‘समिट अफ द फ्युचर’मा बोल्दा विश्व शान्ति र सुरक्षाको लागि सम्युक्त रास्ट्रसघको स्वरुप पुनर्गठन हुनुपर्ने बताएका थिए ।
भारतले पछिल्लो समयमा सुरक्षा परिसदमा स्थायि सदस्यता माग गरिरहेको छ । विश्वका विभिन्न बिग्यहरुले पनि भारतलाई स्थान दिन आग्रह गरेका छन् । यसमा एक हुन सिङापुरका पूर्वकूटनीतिज्ञ तथा चर्चित लेखक किशोर माबुबानीले बेलायतले आफ्नो स्थान छोडेर भारतलाई सुरक्षा परिषदमा स्थान दिनुपर्ने माग गरेका थिए ।
हजारौं निर्दोषको ज्यान जाँदा समेत चुईक्क बोल्न नसक्ने युएन र आईसिसि जस्ता संस्था अमेरिका लगायत पश्चिमाको पुच्छर बनेका छन् । यी पुच्छरलाई बाँकि विश्वले पाल्न आवश्यक देखिएन ।