बेरुजु फर्छ्योट गर्न सांसद अच्युतप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन – Nepal Press

बेरुजु फर्छ्योट गर्न सांसद अच्युतप्रसाद मैनालीको अध्यक्षतामा समिति गठन

काठमाडौं । सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ ।

असोज २ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिका सदस्य मैनालीको अध्यक्षतामा पछर्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेको करिव १५ दिनपछि अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै समितिको कार्यक्षेत्र, कार्यावधि, कर्मचारी तथा बजेटको व्यवस्थापन गरिएको जानकारी गराएको हो ।

अर्थ सचिव डा.रामप्रसाद घिमिरेका अनुसार सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४२ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै बेरुजु पछर्यौट समिति गठन गरेको हो ।

सामान्य प्रक्रियाबाट पछर्यौट तथा सम्परीक्षण हुन नसकेका आर्थिक वर्ष २०६०–०६१ देखि २०६४–०६५ सम्मका बेरुजु (पछर्यौट, हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक) कुनै संवैधानिक अंग तथा निकाय, मन्त्रालय, सचिवालय, आयोग, विभाग, अदालत वा कार्यालय अन्तरतगका बेरुजु सम्बन्धित संवैधानिक अंग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको पुष्ट्याईसहित पछर्यौटको निमित्त सिफारिस भइ आएमा औचित्यको आधारमा त्यस्तो बेरुजु नियमित वा मिनाहा गरी लगत कट्टा गर्ने कार्यक्षेत्र रहेको छ ।

समितिको कार्यावधि समितिले काम गरेको मितिले २ वर्ष हुने र समितिको कार्य सम्पादनको लागि आवश्यक कर्मचारी तथा बजेटको व्यवस्था अर्थ मन्त्रालयले उपलब्ध गराउने भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *