कुलेखानी ड्याम खोल्दा भएको दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्छ : बर्तौला – Nepal Press

कुलेखानी ड्याम खोल्दा भएको दुर्घटनाको जिम्मेवारी प्राधिकरणले लिनुपर्छ : बर्तौला

हेटौंडा । नेकपा एमाले संसदीय दलक मुख्य सचेतक महेशकुमार बर्तौलाले गत असोज १२ गते कुलेखानी जलविद्युत आयोजनाको पानी सञ्चय केन्द्रको रुपमा रहेको कुलेखानी ड्यामको दुवै ढोका खोल्दा भएको जनधनको क्षतिको जिम्मेवारी कुलीखानी जलविद्युत आयोजनाले लिनुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका बर्तोलाले सोमबार जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर प्राधिकरणले सम्भावित जोखिम र क्षतिको सामान्य ख्याल समेत नराखि कुलेखानी ड्याममा भेल र बाढीका कारण जम्मा भएको पानीलाई एकै पटक ड्यामका दुई वटा ढोका खोली झन्ड़ै ४-४ मिटर पानिको निकासी गर्दा इन्द्रसरोबर गाँउपालिकामा ठुलो जनधनको क्षति भएको जानकारी गराए ।

मन्त्रीसँगको भेटमा बर्तौलाले प्राधिकरणको तर्फबाट भएको गम्भिर कमजोरी र गैरजिम्बेवारीपनले मकवानपुरमा ठूलो जनधनको क्षति भएको बताए ।

भेटको क्रममा बर्तौलाले उक्त घटनाको  हो  तत्काल छानबीन तथा जाँचबुझ समिति बनाउन, कमजोरी गर्ने कर्मचारी लाई कारबाही गर्न, भएको क्षति र नोक्सानी प्रति जवाफदेही भइ पिडित लाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन, भत्केका भौतिक संरचना निर्माणमा भुमिका खेल्न, ड्यामको माथिल्लो र तल्लो तटिय क्षेत्रका जनताहरुलाई मुवाब्जा उपलब्ध गराउन सरकारसङ्ग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर