ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई कति दिँदैछ लाभांश ? – Nepal Press

ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई कति दिँदैछ लाभांश ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई साढे ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्ष (२०८०÷८१) को नाफाबाट बैंकले ५.५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । यस बैंकको सोमबार (असोज २१ गते)बसेको सञ्चालक समिति बैठकले ५.५ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले स्वीकृत गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । अघिल्लो वर्षको बैंकले सेयरधनीलाई १ प्रतिशत बोनस सेयर र करसहित ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश दिएको थियो ।

ग्लोबलको लाभांश इतिहासमा १० वर्षपछिको सबैभन्दा कम लाभांश हो । ग्लोबलको दोस्रो बजारमा सेयर मूल्य प्रतिकित्ता २५५.४० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर