विपद्को सम्पूर्ण क्षति विवरण संकलनपछि संकटग्रस्त पालिकाको सूची बढ्न सक्ने – Nepal Press

विपद्को सम्पूर्ण क्षति विवरण संकलनपछि संकटग्रस्त पालिकाको सूची बढ्न सक्ने

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् संकटग्रस्त पालिका अझै बढ्नसक्ने बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका उनले अहिले ५९ पालिकालाई संकटग्रस्ता घोषणा गरिएको भएपनि ६५ ओटा पुग्नसक्ने अनुमान गरेको बताए।

उनले भने, ‘संकटग्रस्त घोषणा भएका पालिकाहरुमा राजमार्ग र सडकहरु खोल्ने काम भइरहेको छ। रोकिएका दुरसञ्चार विद्युत खाद्यन्न पुर्याउन गाउँगाउँका साना सडक खोल्ने अस्थायी पुुल बनाउनको गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समीति मार्फत् रकम पठाउनुपर्छ भन्ने छ। कुन पालिकामा कहाँ कति धेरै नोक्सान भएको छ भन्ने कुरा रिपोर्ट आएको छैन आइसकेको छैन। अहिले नै बराबरी दिँदा कसैलाई अन्याय हुनसक्छ भनेर हामी रिपोर्टको पर्खाइमा छौं।’

उनले सबै जिल्लाको रिपोर्ट अध्ययन गर्ने काम गृहमन्त्रालयले गरिरहेको बताए। हचुवा र गैरजिम्मेवार भएर विपद संकटग्रस्त पालिका घोषणा गरेको सिन्धुपाल्चोकका ५ सांसदहरूले असन्तुष्टि जनाएका थिए।

सासंदहरूले क्षति पुगेका स्थानीय तहहरूको यकिन तथ्यांकको आधारमा विपद संकटग्रस्त क्षेत्र घोषणाको कार्यलाई पुनरावलोकन गरी सूचीमा थप्न माग गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *