दशैं तिहारभरि डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने – Nepal Press

दशैं तिहारभरि डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकले दशैं–तिहारका लागि लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने संख्या बढाएको हो । दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ ।

अब प्राकृतिक व्यक्तिले दैनिक ३० पटक सम्म डिजिटल वालेटमा रकम जम्मा गर्न सक्नेछन् । मंगलबार बैंकले एक सर्कुलर जारी गर्दै असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको जनाएको छ ।

यो अस्थायी व्यवस्था हो । चाडवाड सकिएपछि पुर्ववत व्यवस्था नै लागु हुनेछ । सामान्य अवस्थामा दैनिक १० पटक मात्र पैसा जम्मा गर्न पाइने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले यस पटक डिजिटल कारोबार बढाउने उदेश्यले नयाँ नोट सटहीलाई नगरेर सुकिला नोट सटही मात्र गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर