जीवनराम श्रेष्ठलाई प्रश्न- नेकपा एस फुटाउन लाग्नुभएको हो ? – Nepal Press
नेपाल टक

जीवनराम श्रेष्ठलाई प्रश्न- नेकपा एस फुटाउन लाग्नुभएको हो ?

काठमाडौं । महाधिवेशनपछि नेकपा एकीकृत समाजवादीमा चर्को असन्तुष्टि छ । महाधिवेशनमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालले गुटबन्दी गरेको भन्दै नेताहरूले चर्को असन्तुष्टि जनाइरहेका छन् । हिजो जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले अध्यक्ष नेपाललाई केन्द्रीय कार्यालयमा भेटेर पार्टी जोगाउन दुई बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् ।

एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि नुहँदै नेकपा एस विष्फोटको स्थितिमा छ । उनीहरूले आफ्नो पत्रमा १०० बढी नेताको समर्थन रहेको दाबी गरेका छन् । उनीहरूले ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको जिकिर गरिएको छन् । पदाधिकारी र पोलिटब्युरो निर्वाचन खारेज हुनुपर्नेलगायतको माग राखिएको छ ।

पार्टीको दशौँ महाधिवेशन र त्यसयताका विभिन्न घटनाक्रम र खासगरी पदाधिकारी र पोलिटब्युरो चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएको उनीहरूको ठहर छ । यसबारेमा नेता जीवनराम श्रेष्ठसँग नेपाल प्रेसले गरेको सवाल-जवाफः

– हिजो अध्यक्षलाई भेटेर पार्टी विभाजन रोक्न भन्दै दुई बुँदे ज्ञापन पत्र बुझाउनुभएको छ, त्यो परिस्थितिमा किन पुग्नुभयो ?

महाधिवेशनपछि पार्टीमा जुन उत्साह र सक्रियता हुनुपर्ने हो त्यसको ठीकविपरीत निराशा, अविश्वास र निष्क्रियताको अवस्था रहेको छ । पार्टीलाई महाधिवेशनपछि नयाँ उत्साह दिएर अगाडि बढाउनुपर्नेमा ठिक उल्टो भएकाले पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउनुपर्छ भनेर लागेका हौं । केही पार्टी विभाजन गरेर जानुपर्छ भन्ने सोचमा पनि पुगेको पाइएको छ। कोही निष्क्रिय हुँदैछन् ।

एउटा ऐतिहासिक जिम्मेवारी पूरा गर्ने, कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउने, समाजवादी आन्दोलनलाई अगाडि बढाउने भनेर स्थापना भएको पार्टी यो विस्तार र सक्रियताको आवश्यकता छ। त्यसैले आन्तरिक एकतालाई जोगाउनुपर्छ भनेर लागेका हौं । हाम्रो सोचसँग सहमत सयौं साथीहरू हुनुहुन्छ त्यही धारणालाई लिएर हामीले हिजो पार्टी अध्यक्षलाई पत्र बुझाएका हौं ।

पार्टी कमजोर, विभाजित र निष्क्रिय नहोस् भने र। महाधिवेशनको म्याण्डिडेट विपरित भएका कामहरुलाई समीक्षा गरौं, म्याण्डिडेट विपरितका कामलाई सच्याऔं, र नयाँ ऊर्जा दिएर जाऔं । केन्द्रीय कमिटीको बैठक राखेर पार्टीलाई बलियो बनाएर जानुपर्छ भनेर पत्र बुझाएका हौं । मुलत: हामीले पार्टी विभाजनलाई रोक्ने र पार्टीभित्र देखिएको निष्क्रियतालाई हटाएर सक्रियतातर्फ लिएर अघि बढेका छौं ।

-अध्यक्ष र महासचिवले बाचा तोड्नुभयो । म्याण्डेटविपरीतका सबै कमिटी खारेज गर्नुपर्छ भन्नुभएको छ । त्यो सम्भव हुन्छ ?

महाधिवेशनको भिडिओ र अडिओ क्लिपहरू सुन्यौं भने त्यहाँ जुन सर्वसम्मत पारित गरेका प्रस्ताव, अध्यक्षमण्डलमा सम्मानित नेता झलनाथ खनाल हुनुहुन्थ्यो। उहाँले प्रस्ताव गरेको महाधिवेशनको हलले सर्वसम्मत पारित गरेको छ । ९१ जना केन्द्रीय कमिटी र तीन पदाधिकारी हो । विधान अनुसार केन्द्रीय कमिटी २९९ हो। महाधिवेशनले सबै सर्वसम्मत गर्ने भन्ने म्याण्डेट दिएको हो ।

र, १० दिनभित्रि सबै काम सक्ने भन्ने कुरा भएको छ । महाधिवेशनको म्यान्डेटभन्दा बाहिर गएर गरिएका कामको मूल्यांकन र समीक्षा गरौं हामीले कहाँ कहाँ त्रृटि गर्‍यौं । त्यो कुरा गरेपछि सबै मिल्छन् । त्रुटि भएका कुराहरू न सच्याउने हो । असन्तुष्ट र निष्क्रिय भएकाहरूलाई ऊर्जा दिन त समीक्षा गर्नुपर्‍यो । र, त्यसको निष्कर्षको आधारमा अगाडि बढ्नुपर्‍यो ।

सबैकुरा ठिक छ भनेर अघि जाने कुराले अप्रिय स्थितिहरू आउन सक्छ र पार्टी जुन उद्देश्य र लक्ष्यसहित विद्रोह गरेर बनाएको थियौं त्यो लक्ष्यमा पुग्न सकिँदैन । अहिले कमरेड माधव नेपाल अध्यक्ष हुनुहुन्छ, विद्रोह गर्दा नेकपा एमालेमा उहाँले उठाएका कुराहरू कार्यशैली र व्यक्तिगत प्रवृत्तिका कुराहरू, विधि र पद्धतिका कुराहरू महाधिवेशनबाट पारित गरेका नीति र कार्यक्रम, लोकतान्त्रिक मूल्य र मान्यताका कुराहरूमा नेतृत्वले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने दिशामा गएन । सच्याएन । हदैसम्म प्रयास गर्दा पनि सफल नभएपछि हामीले विद्रोह गरेका हौं ।

हाम्रा मुद्दाहरू त्यो थियो त्यसको नेतृत्व माधव नेपालले गर्नुभएको थियो । अहिले उहाँ अध्यक्ष हुनुहुन्छ । उहाँले अहिले स्मरण गर्नुपर्‍यो हामीले विद्रोह गरेर कस्तोखालको पार्टी निर्माण गर्न खोजेका थियौं भन्ने कुरा । केका लागि पार्टी निर्माण गरेका थियौं भन्ने । यो सबै परिवेशलाई समीक्षा गर्नुपर्‍यो महाधिवेशनले दिएको म्याण्डेटअनुसार जान सक्यौं कि सकेनौं हामीले पारित गरेको विधानअनुसार जान सक्यौं कि सकेनौं भन्ने समीक्षा गरेर पार्टीको आन्तरिक एकतालाई बचाऔं भन्ने उद्देश्य हो।

– तपाईंले हिजो एमाले नेतृत्वमा जस्तै प्रवृत्ति अहिले माधव नेपालमा पनि देखियो भन्न खोज्नुभएको हो ?

मैले भन्नुभन्दा पनि उहाँले नै यो सबै कुराहरूलाई पुनरस्मरणढ गरेर धेरै काम हुनसक्छन् नेतृत्वहरुको केही बिर्सन पनि सकिन्छ । उहाँले त्यो बेलाको अडियोहरुलाई एकपटक हेर्नुभयो भने सबै कुराको निष्कर्षमा पुगिन्छ ।

हामी हामी कता जाँदैछौं, हामी कहाँ चुकिरहेका छौं भन्ने कुरा । हामीले जुन मुद्दा अघि सारेका छौं त्यो कार्यान्वयनमा लान कसरी सफल हुन्छौं भन्ने कुरामा ध्यान दियौं भने सही बाटोमा पुग्छ ।

– पार्टीको एकता लागि हामीले प्रयास गरेको भन्नुभयो । हिजोको ज्ञापनपत्रसँगै नेकपा एस फुटाउन लाग्नुभएको हो ?

यो पार्टी चल्दैन, हुँदैन भन्ने प्रवृत्ति पार्टीभित्र देखा परेको छ, त्यो प्रवृत्तिलाई रोक्नुपर्छ र यसले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई शसक्त र एकताबद्ध बनाएर लानसक्छ नेपालको समाजवादी आन्दोलनको यसले नै नेतृत्व दिनसक्ने भनेर ऊर्जा दिन खोजेका हौं ।

यो कुनै विषयमा विषय होइन । हामी विद्रोहको औचित्य पुष्टि गर्नेृगरी बढौं । यो आन्दोलनमा सबैलाई एकताबद्ध भएर लाग्ने स्थिति बनाऔं भन्ने कुरा हो त्यो भन्दा बाहेक होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *