पाल्पाको रिब्दीकोट गाउँपालिकामा कर्मचारीले बिदामा सरकारी सवारी चलाउन नपाउने – Nepal Press

पाल्पाको रिब्दीकोट गाउँपालिकामा कर्मचारीले बिदामा सरकारी सवारी चलाउन नपाउने

रुपन्देही । पाल्पाको रिब्दीकोट गाउँपालिकामा कार्यरत कर्मचारीले दशैँ बिदाको अवधिमा सरकारी सवारी साधन चलाउन नपाउने भएका छन् ।

विजया दशैँको बिदा अवधि र बिदा वा काजमा बसी कार्यालयमा ३ दिनभन्दा बढी समय अनुपस्थित भएमा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारी साधन सञ्चालन नगर्ने गाउँपालिकाले निर्णय गरेको हो ।

बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधनको चाबी बिदा बस्नु अघि नै जिन्सी शाखामा बुझाउनुपर्ने छ ।

सार्वजनिक बिदाको दिनमा सरकारी साधन सञ्चालन गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको सवारी साधन सञ्चालन अनुमति पत्र लिएर मात्र सञ्चालन गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

उक्त नियम पालना नगर्ने व्यक्तिलाई सवारी साधन सुविधा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर