कहिलेसम्म पूरा होलान् लुम्बिनीका मुख्य सडक, गौरवकै आयोजना अलपत्र – Nepal Press

कहिलेसम्म पूरा होलान् लुम्बिनीका मुख्य सडक, गौरवकै आयोजना अलपत्र

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । त्यसयता ६ जना मुख्यमन्त्री फेरिए, यो सडकको ४० प्रतिशत पनि काम भएको छैन । चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक आवश्यक रकम नभएर अलपत्रजस्तै छ ।

निरन्तर प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिँदै आएको यो सडकले प्रदेश सरकारको मुख्य योजनालाई खिज्याएको छ । करिब ३ सय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयले अलग अलग हेर्ने भएकाले यससम्बन्धी एकमुष्ट तथ्यांकसमेत पाइँदैन ।

यो वर्षको बजेटमा २४ वटा सडक आयोजनालाई प्रदेशस्तरका प्रमुख राजमार्ग एवम् प्रदेश गौरवका योजनाका रुपमा राखिएको छ । यी आयोजना अधिकांश यसअघिका सरकारले अघि सारेर पूरा नभएका योजना हुन् । क्रमागत योजना भए पनि बजेट नभएको कारण देखाएर यी मध्ये अधिकांश योजनालाई गतवर्षभन्दा कम बजेट विनियोजन भएको छ ।

त्यसैगरी प्रदेश सरकारले स्थानीय तह पहुँच मार्ग अन्तर्गत राखेका २० वटा सडक आयोजनाको अवस्था उस्तै छ । यस्ता आयोजनामा प्रदेशभित्रका कम्तीमा दुई पालिकाका केन्द्र जोड्ने सडक, एकै जिल्लाका विभिन्न ठाउँ जोड्ने राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि कृषि, पर्यटन, उद्योग, व्यापार, खानी, बस्ती, जलाशय, तथा प्रदेशका महत्त्वपूर्ण आयोजनास्थल जोड्ने सडक, राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि स्थानीय तहका केन्द्र जोड्ने सडकहरू पर्दछन् ।

त्यसैगरी पर्यटनस्थल पहुँच मार्ग अन्तर्गत रहेका २० वटा र सिमाक्षेत्र सडक कार्यक्रम अन्तर्गत रहेका २० वटा सडक आयोजनामध्ये अधिकांशलाई पनि गतवर्षभन्दा कम बजेट विनियोजन भएको छ । आर्थिक विश्लेषक मनिकर कार्कीका अनुसार अधिकांश आयोजना स्थानीय आवश्यकतामा भन्दा नेता विशेषको रुचिले गर्दा तयार भएका भएकाले समयमा काम भएन र तिनबाट सकारात्मक परिणाम आएन ।

‘यी योजनालाई स्थानीय बासिन्दाले आफ्नो ठानेका छैनन् । स्रोत कसरी जुटाउने भन्ने कुरा ख्याल नगरी आयोजना आयो । आयोजना सुरु भयो भनेर भाषण गर्दै हिँड्ने र जनता झुक्काउने परिपाटीले पनि यस्तो भएको हो’ उनले भने । प्रदेश सरकारकै मुख्य आयोजनाले नै गति लिन सकेका छैनन् । भौतिक पूर्वाधार निर्देशनालय लुम्बिनी अन्तर्गत भएका अधिकांश सडकलाई आवश्यक रकम दिइएको छैन, त्यसैले तिनका कामको गति धिमा छ ।

आफ्नै लोकमार्ग र प्रादेशिक सडक खोज्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनीमा नयाँ सरकार गठन भएपछि प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रादेशिक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धि दिन नसक्ने भएपछि प्रदेश सरकारले गुरुयोजना बनाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

‘गुरुयोजना बनिसकेपछि प्रदेशको आफ्नै लोकमार्ग र प्रदेशका सडकको क्षेत्र निर्धारण हुन्छ । वार्षिक योजनाअनुसार त्यसमा बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने काम सहज रुपमा अघि बढ्छ’ उनले भने ।

प्रदेश गौरवको ४ आयोजनमा समेटिएको सडक नै अलपत्र

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा शुरु गरेको मुख्य सडक आयोजना हो रामपुर–कपुरकोट सडक । यसलाई निरन्तर प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिँदै आएको छ । यसको पहिलो चरण २०७८/०७९ मा सम्पन्न हुने र दोस्रो चरण २०८५ सालमा सम्पन्न हुने गरी आयोजना समय निर्धारण गरेर शुरुवात गरिएपनि पहिलो चरणकै काम भएको छैन ।

प्रदेश सरकारले पहाडी जिल्लालाई केन्द्रित गरी गण्डकी प्रदेशको सिमानादेखि कर्णाली प्रदेशको सिमानासम्म प्रदेश लोकमार्ग निर्माण गर्ने गरी यो सडक निर्माणको काम थालिएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पहाडी ३ जिल्ला, पाल्पा, अर्घाखाँची र प्युठानमा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । अहिले पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पाको विभिन्न खण्डमा सडक निर्माण भइरहेको छ । पाल्पाको रामपुरदेखि कर्णाली प्रदेशको सिमाना सल्यानको कपुरकोटसम्म सडकको लम्बाइ २ सय ९० किलोमिटर रहेको छ ।

रामपुर–कपुरकोट सडकको ट्रयाक सञ्चालनमा आइसकेको भएपनि बजेट अभावमा पाँच वर्षदेखि सडकको काममा ढिलाइ भएको छ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाका कार्यालय प्रमुख वासुदेव भण्डारीले साढे चार किलोमिटर सडक निर्माणका लागि २४ करोड २६ लाख रुपैयाँमा दिव्यज्योति कन्स्ट्रक्सनसँग आगामी २०८२ साल असार १९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको जनाएका छन् ।

कार्यालय प्रमुख भण्डारीका अनुसार गतवर्ष हार्थोक–छहरा र हुमिन ताहुँखण्डको काम गर्न भनेर आठ करोड बजेट आएको थियो तर हार्थोक–छहरा क्षेत्रमा भने काम हुन सकेन । टेन्डर भइसकेको काम सक्न पनि बजेट नभएको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले गौरवको आयोजना अलमलमा परेपछि सडक जीर्ण बनेको बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री तथा पाल्पाबाट निर्वाचित सांसद खेमबहादुर सारूले १० वर्षभित्र काम सक्ने गरी योजना बने पनि बजेट अभावका कारण अधिकांश भागमा काम हुनै बाँकी रहेको बताउँछन् । यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता इन्जिनियर अरुण गुप्ता भन्छन्, ‘बजेट बढाउँदा काम छिटै हुने हो तर बजेट कम छ ।’ उनका अनुसार पहिले जिल्लाका पूर्वाधार कार्यालयहरूले जिल्लागतरुपमा हेर्ने गरिएपनि अब निर्देशनालयबाटै हेर्नेगरी योजना बनेको छ ।

प्रदेशस्तरका प्रमुख राजमार्ग एवं प्रदेश गौरवका योजनाहरु (२४ वटा)

आयोजना जिल्ला आव ०८०/८१ बजेट खर्च आज ०८१/०८२ बजेट
धागो कारखाना चरङ्गे झुम्सा सडक रुपन्देही १५००० १३५५१ 15000.00
बेथरी गुरवनीया तुनिहवा मझगावाँ सेमरा खैराघाट सडक रुपन्देही ४०००० २६७५९ 40000.00
कालिकापथ (बुटवल ५ स्थित पुरानो बसपार्क देखी बुटवल ११ योगीकुटी सम्म) सडक स्तरोन्नती रुपन्देही १३५०० १३३१५ 10000.00
सुनवल तुरीया पर्सावल अमरौट बजरीया घिनाहा बकेना सडक नवलपरासी ३५००० २९९९९ 25000.00
पोखरपाली रामग्राम नपा बन्जरिया धरमपुर बैरागनाथ ज्यामीरे (मराम) सडक नवलपरासी ५००० ३९१५ 5000.00
दाङको हापुरे गँगटे हुँदै कोहलपुर जोड्ने सडक (श्रीमणी मार्ग) दाङ्ग १००० ९९२ 20000.00
दुधरास भित्री सक्राम सडक दाङ्ग ५००० ४१७७ 5000.00
सिमलतारा मुलाबारी लापे हुँदै बडडाँडा प्युठान सडक दाङ्ग ५००० ४८३९ 5000.00
घोराही मसिना मर्देस पाखापानी उर्जा मन्दिर स्वर्गद्वारी सडक दाङ्ग २५००० २३६७४ 30000.00
झेलनेटा देखी फलिँदे हुँदै कोल देखी घेनेखोला सडक दाङ्ग ३००० 3000.00
दामोदरमार्ग कुइरेपानी सर्रा सडक दाङ्ग ८६४० ८०९५ 7500.00
मज्गइ अवलडाँडा गुरौ सडक दाङ्ग ३००० ९५६ 3000.00
अर्घाखाँची ५३००२ ४९७९५ 40000.00
पटौटी दुर्गाफाँट कुखुरे देउराली खर्ज्याङ रानीवास सिमिचौर तम्घास सडक अर्घाखाँची ५८६०० ५८५८४ 10000.00
सन्धिखर्क गच्छे ढिकुरा धनचौर जुकेना जलुके लामाताल बडिदमार चैते रामपुर सडक अर्घाखाँची ३०००० २१०८० 25000.00
राँझा-राजापुर (बाँके-बर्दिया) मध्यमार्गी लोकमार्गको राँझा चोक गुरुवागाँउ गिजरा ईगाँउ सडक खण्ड निर्माण बाँके ८९१५ ८०९४ 15000.00
खजुरा बि गाउँ ई गाउँ पिलाडी चनौवा हुँदै मेट्वा चोक कोहलपुर बाँके १३०२९ १२९३३ 20000.00
प्रदेश गौरवको आयोजना : रामपुर कपुरकोट सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) दाखाक्वाडी-बज्रिबाङ्ग-भिग्री सडक (बाँकी खण्डको निर्माण कार्य समेत) प्यूठान ३५३०० ९८८५ 20000.00
प्रदेश गौरवको आयोजना : रामपुर कपुरकोट सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) आर्यभञ्जयाङ रामपुर खण्ड आर्यभञ्जयाङ रामपुर खण्ड पाल्पा ६०००० ५७४०४ 40000.00
धागो कारखाना चरङ्गे झुम्सा सडक पाल्पा ३५००० २७००७ 10000.00
पटौटी दुर्गाफाँट कुखुरे देउराली खर्ज्याङ रानीवास सिमिचौर तम्घास सडक गुल्मी ६५००० ४८८२१ 40000.00
बुटवल तानसेन तम्घास सन्धिखर्क खलङ्गा विजुवा चकचके भिङ्ग्री शुलीचौर पोबाङ थवाङ रुकुमकोट प्रदेश पहाडी मार्ग गुल्मी २९००० १६७२० 1000.00
राँझा-राजापुर (बाँके-बर्दिया) मध्यमार्गी लोकमार्गको दौलतपुरघाट देखी सैजनाघाट पर्सेनीबजार सडक खण्ड सडक निर्माण बर्दिया २०००० १०० 20000.00
प्रदेश गौरवको आयोजना : रामपुर कपुरकोट सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) हार्थोक छहरा सडक खण्ड पाल्पा निर्देशनालय 40000.00
प्रदेश गौरवको आयोजना : रामपुर कपुरकोट सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) निगालपानी-दहवन सडक खण्ड रोल्पा निर्देशनालय 40000.00

 

कंचन गापा पहुँच मार्ग : हरैया बजार देखि अस्नैया सरकारी बोरीङ्ग भैरवघाट मसिना कुट्टा गजेडी (कमलचोक लौसा हुँदै सैनामैना नपा बासगढी जोड्ने सडक) ८ किमी  

रुपन्देही

१४००० १३८८४ 6000.00
सरावल गापा पहुँच मार्ग : पथरैया मरामा तुल्सीनगर तिलकपुर खोखरपुरा पटनी भिमटाडी सरावल सडक ८ किमी नवलपरासी १५००० 7500.00
दंगीशरण गापा पहुँच मार्ग :  पोटली हेकुली (बाइबाङ्ग उरहरी बिलासपुर) सडक ८ किमी दामोदर सडक दाङ्ग ७५०० ६४२७ 5000.00
विजयनगर गापा पहुँच मार्ग : हल्लानगर त्रिपालनगर फरेनीचोक उज्वलपुर डालपुर विजयनगर सडक १२ किमी कपिलबस्तु ५०० 7500.00
मालारानी गापा पहुँच मार्ग : च्यानडाँडा डिभर्ना खन खनदह डाँडाकटेरी सडक अर्घाखाँची १०५००० ९८७१९ 55000.00
छत्रदेव गापा पहुँच मार्ग :   डिभर्ना जर्रेखोला धारा पाटी छत्रगंज (मडेलचौर सिमिचौर गुल्मी) १५ किमी अर्घाखाँची ३९०६८ १६५९० 35000.00
भूमिकास्थान गापा पहुँच मार्ग : नरपानी खाँचीकोट ढिकुरा पोख्रेडाँडा (हिले भेडी राख्ने) १८ किमी अर्घाखाँची २०००० १४८०० 45000.00
पाणीनी गा.पा. पहुँच मार्ग : घुम्ती तिनगीरे २६ कि.मी. अर्घाखाँची ४०००० २८१३० 45000.00
डुडुवा गापा पहुँच मार्ग : कचनापुर कम्दी सडक बाँके १०६१० १०४८५ 10000.00
लुङ्ग्री गापा पहुँच मार्ग : डोमाई किलाचौर सडक ५ किमी रोल्पा 13900 २०३९ 8000.00
त्रिवेणी गापा पहुँच मार्ग : त्रिवेणी- जुगार सडक १० किमी रोल्पा १५००० १४१२५ 6000.00
गंगादेव गा.पा पहुँच मार्ग : घर्तिगाँउ पारिवाङ नाउली पातिहाल्न चौतारा सुक्खाओडार सडक रोल्पा ५२३४ 6000.00
ऐरावती गापा पहुँच मार्ग : चेमेटा पुरानोठाँटी (जोगीटारी) २२ किमी प्युठान २३५०० १६८८० 15000.00
नौबहिनी गापा पहुँच मार्ग : बाग्दुला बाहानी १३ कि मी प्युठान १५००० 15000.00
पूर्वखोला गापा पहुँच मार्ग : हुमिन रिङ्गनेरह (ज्यामिरे) सडक १६ किमी पाल्पा ४०००० ९८३९ 25000.00
माथागढी गापा पहुँच मार्ग : झडेवा देवगीर खण्ड पाल्पा ३००० २६४३ 3000.00
मालिका गापा पहुँच मार्ग : शिलादी घमिर अर्खाबाङ्ग सडक १६ किमी गुल्मी ८०००० ५३०७९ 25000.00
धुर्कोट गापा पहुँच मार्ग : सेउगा सिमहाघाट बर्बोट (पुर्कोटदह) १३ किमी गुल्मी २०००० 20000.00
मदाने गापा पहुँच मार्ग : सेउगा सिमहाघाट बर्बोट पुर्कोटदह  बर्बोट पुर्कोटदह १४ किमी गुल्मी ५४३९० ३५७१९ 30000.00
पुथा उत्तरगंगा गापा पहुँच मार्ग : तकसेरा कोल राङ्सी नाखा जामावगर सडक १२ किमी स्तरोन्नत्ती रुकुम पूर्व 10000 ५७४८ 6000.00

 

सिमाक्षेत्र सडक कार्यक्रम (20 वटा)      
भगवानपुर भन्सार देखी खैरेनी माथागढीवाट पाल्पा जोड्ने सडक स्तरोन्नती (प्र.क्षे. सडक) रुपन्देही १००००
देवदह भण्डारी टोल देखी लक्ष्मीटोल सहदबनीयाँ जमुवानी सेमरहवा हुँदै वोदवार दशगजा सीमाना सडक स्तरोन्नती (प्र.क्षे. सडक) रुपन्देही ३५५२ ३५५१
बासाबसही देखि पिपरहिया महेशपुर सडक स्तरोन्नती नवलपरासी १५००० १४२४
गोबरहिया-धनगढवा हुँदै भुजहवा सीमा सडक स्तरोन्नती नवलपरासी ३४०० ३३२६
सीमाना देखी महलवारी रतनगञ्ज तैरेनी सेमरी नर्सही हुँदै प्रतापपुर गा पा बद्रीघाट जोड्ने बाटो कालोपत्रे नवलपरासी ३१०० २७६९
राजपुर गापा १ मटेरीया कठवेरुवा गुरुङखोला हुँदै सिरिया नाका सम्मको सडक स्तरोन्नती दाङ्ग ५००० २३९५
जंग्रहवादेखी खङग्रा नाका जोड्ने सडक स्तरोन्नती दाङ्ग ५००० ४१६९
गोठुवा सुनपथ्री सुनछहरी जोड्ने सडक स्तरोन्नती दाङ्ग ३५०० २९८२
लखनचोक लवनी सुद्धोधन ५ शिवलवा चोक देखि दोहनी फुलावापुर ताडानगर घिरौजोत भारत को सिमाना सम्म सडक स्तरोन्नती (प्र.क्षे. सडक) कपिलबस्तु ९३२० ७१८९
नेपालसीमा सतभरा देखी बढनी कुसहवा गंगौढा अल्गा नारायणडिहवा विसुनपुर अजिगरा सुखरामपुर हुँदै हुलाकी सडक स्तरोन्नती (प्र.क्षे. सडक) कपिलबस्तु ४०००० ३०९१३
शुद्धोधन गा पा को झरुवा चोक देखी बेठुवा हुँदै छोटीडिहवा नेपालको सिमाना सम्म सडक स्तरोन्नती (प्र.क्षे. सडक) कपिलबस्तु १५०००
चाकरचौडा दोहनी पचेहरा सडक स्तरोन्नति कपिलबस्तु १०००० ६३९८
महाराजगञ्ज देखि हर्दौना सीमा सम्म सडक स्तरोन्नती कपिलबस्तु ४०००० ३०८२१
पिप्रहवाबाट खजुरा गा.पा.को जलपोखरी हुँदै शिवपुरी साईगाँउ सिमादेखी रामपुर वेलडाडा सडक स्तरोन्नती बाँके १०८७५ १०६६२
बेतहनी बजार बाट मन्जुरवावाको समाधी हुँदै छोटी भन्सार जोड्ने सडक स्तरोन्नती बाँके ७७५० ७४०८
साविक सितापुर गाविस भवन देखी वीरपुर हुँदै भारतको सीमा जोडने सीमा सडक बाँके ३७०० ३५६९
राजापुर भन्सारदेखि पकरीयापुरको भारतीय सिमासम्म सिमा सडक स्तरोन्नती बर्दिया २४००० ६७७९
शान्तिपुर चोकदेखि भिम्मापुर रामपुर शंकरपुर भारतको सिमासम्म सडक स्तरोन्नती बर्दिया ३५००० २२८५२
त्रिवेणी बजार जोगिपुर महादेउली इश्वरीगञ्ज हुँदै पकरियापुर भारतीय सिमा सडक स्तरोन्नती बर्दिया ८९०० ३६४४
मैनापोखर चोकदेखी सारदा क्याम्पस हुँदै फुटाहा भन्सार सीमाना सम्म सडक स्तरोन्नती बर्दिया २६००० २४१७

स्रोत: भौतिक पूर्वाधार निर्देशनालय लुम्बिनी


प्रतिक्रिया

One thought on “कहिलेसम्म पूरा होलान् लुम्बिनीका मुख्य सडक, गौरवकै आयोजना अलपत्र

  1. माथिका आयोजना हेर्दा गुल्मी जिल्लालाई गण्डकी प्रदेश झै ठानेछन् कि प्रदेशका जनप्रतिनिधि र कर्मचारीले ? एउटा पनि योजना छैन त ? बरू गण्डकी प्रदेश नै भएको भए हुने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *