सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डबाट विना व्याज ऋण- ५० प्रतिशतसम्म क्यासव्याक – Nepal Press

सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डबाट विना व्याज ऋण- ५० प्रतिशतसम्म क्यासव्याक

काठमाडौं । नेपालको आफ्नै कार्ड स्किम हो सिटिजन्स फोनपे क्रेडिट कार्ड । यो कार्ड पाउन जति सजिलो छ यसको प्रयोगबाट पाइने फाइदा पनि त्यत्तिकै । ग्राहकको सुविधाका लागि सिटिजन्स बैंकले फोनपेसँगको समझदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड ल्याएको हो । बैंकका अनुसार यसले नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको छ । प्रयोगकर्ताले नयाँपनको अनुभव गरुन् भनेर बैंकले हरेक प्रोडक्टलाई नयाँ र भिन्न विशेषतासहित भरिपूर्ण बनाउँदै लगेको छ ।

सिटिजन्स बैंकका क्रेडठिट कार्ड युनिटका प्रमुख समिर अधिकारीका अनुसार भर्चुअल क्रेडिट कार्डमा दैनिक ५० वटासम्म रिक्वेस्ट आउने गरेको छ । जबकी पुरानो अर्थात भिजा क्रेडिट कार्डका लागि दैनिक ९/१० वटामात्र आवेदन पर्छन् ।

उनी भन्छन, ‘जो योग्य छैन ऊ पनि खाता खोलेर योग्य बन्दैछ । विशेष गरी एक व्यक्तिले प्रयोग गरेपछि उसले अरुलाई सहज र सजिलो छ भनेर नयाँ कार्डका लागि सुझाउने गरेको देखिन्छ । एकले अर्कालाई भनेर पनि यो कार्डका लागि धेरै अनुरोध आइरहेको छ ।’

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै आफ्नो कार्ड प्राप्त गर्न सकिने भएपछि ग्राहहरूको आकर्षण पनि भर्चुअल क्रेडिट कार्डमा देखिएको हो । देशभर नै मर्चेन्ट भएपछि भुक्तानीमा पनि कुनै अप्ठ्यारो नहुने बैंकका अधिकारी बताउँछन् । फोनपे क्रेडिट कार्डद्वारा १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ । फोनपेको क्यूआर भएको सबै ठाउँमा प्रयोग गर्न सकिन्छ । देशका लगभग सबै ठाउँमा फोनपेको मर्चेन्ट रहेको छ ।

यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा पनि दिएको छ । आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्रयाक गर्न सजिलो हुने, ४५ दिनसम्म विना व्याज ऋण पाइने, आर्थिक लचकतालाई उच्चस्तरमा अनुभव गर्न सकिने भुक्तानीको धेरै विकल्प भएर पनि यो प्रोडक्टमा ग्राहकको आकर्षण देखिएको हो । ग्राहकले चाहेअनुसार सबै वा न्यूनतम भुक्तानी गर्न सकिने सुविधा पनि छ । भर्चुअल क्रेडिट कार्डका लागि ५ सय रूपैयाँ दर्ता र नवीकरण शुल्क ५ सय निर्धारण गरिएको छ ।

कसरी लिने भर्चुअल कार्ड ?

भर्चुअल कार्डको सुविधा उपभोगका लागि सबैभन्दा पहिले सिटिजन्स बैंकमा खाता हुनुपर्छ । त्यसपछि मात्र ऊ अन्य प्रक्रियामा सहभागी हुन सक्छ । यदि खाता छैन भनेपनि खाता खोलेर भर्चुअल क्रेडिट कार्डका लागि प्रक्रिया अगाडी बढाउन सकिन्छ । खाता खोलेपछि मोबाइल बैकिङ अनिवार्य लिएको हुनुपर्छ । त्यसपछि सिटिजन्सको जुनसुकै शाखामा भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । ग्राहकले मासिक आम्दानीको विवरण पेश गरेपछि बैंकले कतिसम्म कमाउने ग्राहकले कतिसम्म विना ब्याजको ऋण पाउँछ भन्ने लिमिट तय गर्छ ।

यदि कुनै व्यक्तिको मासिक आम्दानी ५० हजार रूपैयाँ छ भने उसले ७५ हजार रूपैयाँसम्मको लिमिट पाउँछ । अर्थात् ७५ हजार रूपैयाँसम्म विना व्याजमा ४५ दिनको लागि ऋण पाइन्छ । सो रकम बैंकले सम्बन्धित ग्राहकको खाता पठाइदिन्छ । एक महिना भएपछि उक्त रकम के-के मा खर्च भयो भनेर बैंकले स्टेटमेन्ट पठाउँछ र त्यसको १५ दिनपछि ऋणीले विनाव्याज लिएको ऋण तिर्न तयार हुनुपर्छ । भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एपभित्रै देखिन्छ ।

पहिले नै ऋण लिइसकेका र मुद्दती निक्षेप भएका ग्राहकले पनि भर्चुअल कार्ड लिन चाहेमा पाउनेछन् । सिटिजन्स बैंकको मोबाइल बैकिङको भर्चुअल कार्डमा Apply Now थिचेर रजिष्ट्रर गरी सेवा लिन सक्नेछन् । बैकका क्रेडिट कार्ड युनिटका प्रमुख अधिकारीका अनुसार कार्डको अवधि ४ वर्षको हुनेछ । कार्डको शुल्क वार्षिक ५ सय रूपैयाँ रहेको छ । भिजा कार्डभन्दा भर्चुअल क्रेडिट कार्ड तुलनात्मकरूपमा सस्तो पनि छ । भिजा क्रेडिट कार्डको वार्षिक शुल्क नै ७५० रूपैयाँ रहेको छ । हाल सिटिजन्सको सात हजारभन्दा बढी भिजा कार्ड सक्रिय छन् ।

चाडबाड भरी ५० प्रतिशत क्यासब्याक अफर

बैंकले भर्चुअल क्रेडिट कार्डको प्रयोग गर्नेहरूलाई चाडबाडभर ५० प्रतिशतसम्म नगद फिर्ता समेत दिइरहेको छ । भदौ २७ गते लन्च भएको यो एपमा दशैँ तिहार र छठ पर्वसम्म ५० प्रतिशत नगद फिर्ता हुने योजना रहेको अधिकारीले बताए । यो अवधिभर अधिकतम एक हजार रूपैयाँसम्म नगद फिर्ता हुनेछ । यदि कसैले एक हजार रूपैयाँ भुक्तानी गरेको छ भने उसलाई ५ सय रूपैयाँ तत्काल फिर्ता हुन्छ । अनि उक्त ग्राहकसँग ५ सय बाँकी रहन्छ । त्यो ५ सय रूपैयाँ पनि अरु कुनै भुक्तानी गर्दा फिर्ता हुन्छ । यदि एकै पटक २ हजार रूपैयाँको भुक्तानी भएको छ भने एक हजार रूपैयाँ फिर्ता हुन्छ र सो अवधिभरको क्यासब्याक समाप्त हुन्छ ।

-प्रवर्द्धनात्मक सामग्री


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर