सानिमा बैंकका सेयरधनीलाई १० वर्षयताकै सबैभन्दा कम लाभांश – Nepal Press

सानिमा बैंकका सेयरधनीलाई १० वर्षयताकै सबैभन्दा कम लाभांश

काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्षको (२०८०/८१) नाफाबाट बैंकले सो लाभांश दिने गरेको हो । बैंकको सोमबार (असोज २१ गते) बसेको सञ्चालक समिति बैठकले कर प्रयोजनसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको लाभांश इतिहासमा विगत १० वर्षयताकै कम लाभांश यसपटक दिन लागेको हो । अघिल्लो वर्ष (२०७९/८०) बैंकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

यस्तै ०७८/७९ मा १०.९८ प्रतिशत लाभांश बाडेको सानिमाले त्यसअघि आव ०७७/७८ मा १७.८९ प्रतिशत लाभांश बाडेको थियो ।

आव ०७६/०७७ मा १३.६० प्रतिशत, ०७५/७६ मा २१.०५ प्रतिशत, ०७४.७५ मा १४ प्रतिशत लाभांश बाडेको थियो । यस्तै ०७३/०७४ मा १६ प्रतिशत, ०७२/७३ मा १५.७९ प्रतिशत, ०७१/०७२ मा २१.०५ प्रतिशत र ०७०/७१ मा १५.७९ प्रतिशत लाभांश बाडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *