प्रदेश र शाखा कार्यालयमा समेत सूचना अधिकारी राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन – Nepal Press

प्रदेश र शाखा कार्यालयमा समेत सूचना अधिकारी राख्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्रदेश र शाखा कार्यालयमा समेत सूचना अधिकारी राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको हो ।

यसरी कानून बमोजिम प्रदेश कार्यालय र शाखा कार्यालयहरुबाट माग गरिएको सूचनाको अभिलेख समेत राख्नुपर्नेछ । साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ कोउपदफा (३) बमोजिमको सूचना प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नुपर्नेछ ।

यसअघि बैंकहरुलाई सुचना अधिकारी राख्नुपर्ने व्यवस्था बाध्यकारी थिएन । तैपनि कतिपय बैंकहरुले प्रधानकार्यालयमा सूचना अधिकारीको व्यवस्था गरेका थिए । शाखा र प्रदेश कार्यालयमा भने थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *