त्रिभुवन विमानस्थलका प्रमुख र सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशक हेरफेर – Nepal Press

त्रिभुवन विमानस्थलका प्रमुख र सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशक हेरफेर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक हेरफेर भएका छन् ।

प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको कसुरजन्य विभागको महानिर्देशकको जिम्मेवारीमा सरुवा भएको हो भने विभागका महानिर्देशक तीर्थराज भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ ।

गृह मन्त्री रमेश लेखकले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै पन्थीलाई कसुरजन्य विभागमा खटाएर भट्टराईलाई अध्यागमन कार्यालयमा सरुवा गरेका हुन् । दुबै जनाले बुधबार नै कार्यालय तथा विभागमा पुगेर जिम्मेवारी सम्हालिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *