दाङको घोराहीमा झण्डै ५० किलो बढी लागूऔषधसहित तीनजना पक्राउ – Nepal Press

दाङको घोराहीमा झण्डै ५० किलो बढी लागूऔषधसहित तीनजना पक्राउ

रूपन्देही । दाङको घोराही-१८ मसिनामा प्रहरीले लागूऔषध (अफिम र चरेश) सहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार असोज २२ गते दिउँसो गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो।

सोधपुछको क्रममा अफिम रुकुम पुर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा, र ४२ वर्षीय बिनी पुन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *