राप्ती प्रतिष्ठानले दशैं बिदामा पनि ओपिडी सेवा दिने – Nepal Press

राप्ती प्रतिष्ठानले दशैं बिदामा पनि ओपिडी सेवा दिने

रूपन्देही । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दशैं बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दशैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिए।

एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखि २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उनले बताए ।

प्रतिष्ठानको कोठा नम्बर १५ मा डा.जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन् । बडा दशैंको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको एमडीजीएफ विशेषज्ञ चिकित्सकद्वारा ईएसएस ओपिडी सन्चालन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *