लुम्बिनी कांग्रेस प्रदेश सभाको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त – Nepal Press

लुम्बिनी कांग्रेस प्रदेश सभाको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा रुपन्देहीका सांसद जमुना ढकाल नियुक्त भएकी छन् । दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधवार दलको प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले साउन २१ गते राजीनामा दिएपछि रित्त पदमा ढकाललाई नियुक्त गरिएको हो । भदौं ३१ गते दल सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । खाली रहेको सचेतक पदमा पनि दशै लगत्तै अर्को कोहि कसैलाई नियुक्त गरिने दलका नेता चौधरीले बताए । समानुपातिकतर्फ निर्वाचित ढकाल कांग्रेस संस्थापन समूहकी हुन् ।

सरकारमा सहभागी कांग्रेसमा मन्त्री छान्ने विषयमा विवाद भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर