आज एक लाख यात्रुले छाडे उपत्यका – Nepal Press

आज एक लाख यात्रुले छाडे उपत्यका

काठमाडौं । बडादशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या फूलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर लगायतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।

उपत्यकाका विभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

दैनिक एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्दा दैनिक करिव ३० हजार सर्वसाधारण उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *