सिप्रदीको फास्ट डीसी चार्जिङ्ग स्टेशनमा दशैँभर निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर पनि खुल्ला – Nepal Press

सिप्रदीको फास्ट डीसी चार्जिङ्ग स्टेशनमा दशैँभर निःशुल्क चार्जिङ्ग, सर्भिस सेन्टर पनि खुल्ला

काठमाडौं । चाडपर्वको बेला पनि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैँभरि सिप्रदीको फास्ट डीसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । साथै टाटा मोटर्सले देशभरको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ ।

बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबुस्थित दुईवटा सर्भिस सेन्टर खुल्ला हुनेछन । जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ । बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

निःशुल्क चार्जिङ्ग एक्प्रेस टीमा भने लागू हुने छैन । सिप्रदीको नेपालभरि १८५+ चार्जिङ्ग नेटवर्क र १६ वटाभन्दा धेरै सर्भिस सेन्टरहरू छन् । थप चार्जिङ्ग नेटवर्कको लोकेसनबारे यहाँबाट जानकारी लिन सकिने सिप्रदीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर