बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते – Nepal Press

बुटवलबाट गुल्मी जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते

रूपन्देही । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लु. १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा अन्यन्त्रित भई पल्टिएको हो ।

दुर्घटना परी जीपमा सवार सबै १५ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका असई कृष्ण सुनारले जानकारी दिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । ११ जनाको अवस्था मध्यम र ३ जना सामान्य घाइते भएको सुनारले बताए ।

बाग्लुङको बरेङडाँडा गाउँपालिका- ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइतेहरूलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *