दसैँ बिदामा पनि प्रेस काउन्सिलको नियमन जारी रहने – Nepal Press

दसैँ बिदामा पनि प्रेस काउन्सिलको नियमन जारी रहने

काठमाडौँ । प्रेस काउन्सिल नेपालले दसैँको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दसैँ बिदाको समयमा आएका उजुरी, गुनासामा अनुगमन र सुनुवाइ हुने जनाएको छ।

सह प्रशासकीय अधिकृत एवं सह प्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।

नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले बडादसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्वहरू र नेपाल संवत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चारकर्मी, आमपत्रकार, सबै नागरिकप्रति शुभकामना प्रदान गरेको छ ।

चाडपर्वहरूले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम् भूमिका हुने काउन्सिलले जनाएको छ ।

चाडपर्वका समयमा पनि सदा झै सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतङ्कलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले बिदाको अवधिमा नियमनको काम जारी राख्ने निर्णय गरेको बताए।

काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चारकर्मी, आमपत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानल लगायतका सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *