दशैँघरमा बाजागाजासहित भित्र्याइयो फूलपाती (तस्बिरहरू) – Nepal Press
बडादशैँ

दशैँघरमा बाजागाजासहित भित्र्याइयो फूलपाती (तस्बिरहरू)

काठमाडौं । गोरखा दरबारबाट पठाइएको फूलपाती वसन्तपुरस्थित दशैँघरमा बाजागाजासहित भित्र्याइएको छ ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

हेर्नुस् केही तस्बिर-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *