विश्वकप छनोट : ब्राजिलसँग चिली पराजित – Nepal Press

विश्वकप छनोट : ब्राजिलसँग चिली पराजित

हेटौंडा । विश्वकप फुटबल छनोट खेलअन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा ब्राजिलले चिलीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा चिलीले २ मिनेटमै अग्रता लिएको थियो । चिलीको लागि एडुआर्डो वर्गासले खेलको दोश्रो मिनेटमा नै गोल गरे ।

तर, पहिलो हाफको इन्ज्युरी समयमा इगोर यसुले ब्रजिलको तर्फबाट गोल गरेपछि खेल बराबरीमा गयो । पहिलो हाफ १-१ बराबरीमा सकिएपछि दोस्रो हाफको ८९ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका लुइज हेनरिकले गोल थपेर टीमलाई २-१ को जित दिलाए ।

जितपछि ब्राजिल ९ खेलबाट १३ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चिली समान खेलबाट ५ अंकसहित नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *