कर्णाली : ‍गुराँसेमा बन्यो भ्यू टावर, पर्यटन प्रवर्द्धनको सेतु बन्ने विश्वास (भिडिओ) – Nepal Press

कर्णाली : ‍गुराँसेमा बन्यो भ्यू टावर, पर्यटन प्रवर्द्धनको सेतु बन्ने विश्वास (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशको गुराँस गाउँपालिका-५, गुराँसेमा निर्माण गरिएको भ्यू टावरले यस क्षेत्रको पर्यटन विकासमा नयाँ अध्याय सुरू गरेको छ ।

भ्यू टावर करिब १ कराेड लागतमा बनाइएको हो । यसले प्रदेशको पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विश्वास स्थानीयको छ ।

यो क्षेत्रबाट सिस्ने हिमाल, अपी सैपाल, सुर्खेत, दैलेख, कैलाली तथा भारतका केही भू-भागको मज्जाले हेर्न सकिन्छ । भ्यू टावरमा गुराँसको रुखसँगै विभिन्न वन्यजन्तु र चराको आकृति राखिएको छ ।

प्रदेश सरकारको सहयोग र स्थानीयको श्रमदानमा डिभिजन वन कार्यालयको सहयोग र गुराँस गाउँपालिकाको समन्वयमा भ्यू टावर बनाइएको हो ।

टावर निर्माणमा स्थानीयले ५ लाख ७० हजार रूपैयाँ बराबरको श्रमदान गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँसे क्षेत्रलाई जैविक विविधता झल्कने मात्र नभई कृषि पकेट क्षेत्रको रूपमा पनि विकास गर्ने योजना सुनाए ।

आन्तरिक पर्यटक नितु रायमाझीले गुराँसेको सुन्दरता र यहाँको दहीचिउराको स्वादले आफूलाई बारम्बार तान्ने गरेको बताइन् ।

वीरेन्द्रनगरबाट करिब एक घण्टाको नागबेली यात्रापछि यहाँ पुग्न सकिन्छ । गुराँसे क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रूपमा पनि विकास गर्न थालिएको छ ।

नवनिर्मित भ्यू टावरले आन्तरिक तथा वाह्य पर्यटक वृद्धिसँगै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र स्थानीयको जीवनस्तरमा सहज पुग्ने विश्वास स्थानीय तहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *