कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास (भिडिओ) – Nepal Press

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।

भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए।


प्रतिक्रिया

One thought on “कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास (भिडिओ)

  1. कमरेड लाल सलाम, पार्टीका सवै संगठित कमरेडहरू तथा शुभेच्छुक, समर्थकहरूबाट घटिमा पाँच, दश हजार देखि गच्छे अनुसार सहयोग गराैँ, सहयोगको लागि पार्टी आह्वान ह‍ोस्, लाल सलाम !

Leave a Reply

Your email address will not be published. Required fields are marked *