उपाध्यक्ष डा. लामाले पहिलो धर्मदेशाना दिएको उर्गेन छ्योलिङ गुम्बाको’ पुर्ननिर्माणपछि उद्घाटन – Nepal Press

उपाध्यक्ष डा. लामाले पहिलो धर्मदेशाना दिएको उर्गेन छ्योलिङ गुम्बाको’ पुर्ननिर्माणपछि उद्घाटन

काठमाडौं । सिन्धुपाल्चोकको सेर्माथाङमा भुकम्प पछी पुर्ननिर्माण भएको उर्गेन छ्योलिङ गुम्बाको मुर्तिहरु र चित्रहरुको मन्त्रपाठ गरि औपचारिकरुपामा उद्घाटन गरेका छन्।

भूकम्पले गुम्बा धोस्त भए पछि आफैले शिलान्यास गरेर गुम्बाका भित्री भागको मुर्ति र भित्तेचित्रको सहितको निर्माण कार्य पुनसम्पन्न भएपछि संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले बुधबार खेपा रब्ने पुजा गर्दै उद्घाटन गरेका हुन् ।

झन्डै २८ वर्ष अगाडि संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले खेन्पो उपाधि प्राप्त पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको प्रमुख उपस्तिथिमा अन्तरास्ट्रिय तथा सिन्धुपाल्चोक लगायतका विभिन्न जिल्लाका लामागुरुहरुको भेला गरेर पहिलो पटक धर्म देशाना दिएका थिए ।

उपाध्यक्ष डा. लामाको उक्त पहिलो धर्मदेशाना र प्रवचन बाट प्रभावित भएर पछि उक्त क्षेत्रका लामागुरुहरुले संघनै (लामा छ‍ोग्पा) स्थापना गरेर पालैपालो विभिन्न गाउँगाउँमा धर्मचक्र प्रबर्द्धन कार्यक्रम संचालन गरेर धार्मिक जागरण अभियान समेत सुरुवात गरेका थिए।

उपाध्यक्ष डा. लामाले द्वन्द्वकालका कारण धर्म-प्रशिक्षण कार्यक्रम निरन्तर संन्चालन गर्न नसक्ने अवस्था भए पछि गुम्बाहरु निर्माण गरेर सयौंको संख्यामा बालबालिकाहरु लाई भिक्षु बन्न प्रेरित गर्दै शिक्षा, गाँस, बास र कपास व्यवस्थापन गर्दै अवसर प्रदान गर्दै आएका छन्।

तर २०७२ सालको विनाशकारी भुकम्पले गुम्बाहरुलाई क्षेती पुर्‍याए पछि केही प्रवाहित र कठिनाइ आएको थियो । उक्त समयहरुलाई समाधान गर्न उपाध्यक्ष डा. लामाले अथक प्रयास र पहल पछि भारत सरकार, भारतीय राजदुतावास र नेपाल सरकारको संयुक्त सहयोगमा भुकम्पले धोस्त भएको पुरानो एतिहासिक उर्गेन छ्योलिङ गुम्बासहित सिन्धुपाल्चोकको अन्य एक झन्डै एक दर्जन गुम्बाहरु निर्माणधीन अवस्थामा रहेका छन्।

उपाध्यक्ष आफैले शिलान्यास गरेर निर्माण सुरुवात भएका अन्य गुम्बाहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । आफ्नो जीवन र आस्था सग जोडिएको गुम्बा पुर्ननिर्माण भए पछि स्थानीयहरुले अपार सुखी व्यक्त गरेका छन् । स्थानीयहरुले गुम्बा पुर्ण निर्माण कार्यक्रममा पहल गर्ने

पुर्वमन्त्री शेरबहादुर तामाङ, पुर्वमन्त्री निमा लामा सहित हेलम्बु गाउपालीका अध्यक्ष निमा समेतलाई धन्यवाद व्यक्त गरेका छन् ।
उक्त गुम्बा उद्घाटन कार्यक्रममा उपाध्यक्ष डा. लामालाई सेर्माथाङ, ताहोङसा र ङर्कुका स्थानीयहरुले योल्मो समुदायको सांस्कृतिक भेषमा सज्जिएर (लु) र (स्ह्याब्रु) नाचसहित भव्य स्वागत गरेका थिए । उद्घाटनपछि पुर्जा कार्यक्रममा गर्दै जगतका सम्पूर्ण प्राणीहरुको सुख, शान्ति र समृद्धिको कामन गरी ङोछार संगे मोन्लाम पाठसमेत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *