मुख्यमन्त्री कार्कीको दशैँ शुभकामना- विपद्को सामनासँगै सहयोग, सद्भाव र भ्रातृत्वमा जोड – Nepal Press

मुख्यमन्त्री कार्कीको दशैँ शुभकामना- विपद्को सामनासँगै सहयोग, सद्भाव र भ्रातृत्वमा जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दशैँ नजिकिँदै गर्दा प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सद्भावबीच दशैँ मनाउन आग्रह गरेका छन् ।

प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकाले विपद्को सामना गर्दै एक-आपसमा सहयोग, सद्भाव र भ्रातृत्वका लागि उनले जोड दिए ।

बडादशैँको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले कार्कीले विपद्लाई साहसमा बदल्न सबैको सहकार्य र हातेमालो जरुरी भएको बताए ।

‘हाम्रो संस्कृति, हाम्रो गौरव रूपमा रहेको नेपालीको महान् चाड दशैँले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल कामहरू गर्न हौसला र सकारात्मक ऊर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शीवाद प्राप्त होस् ।’

परम्परागत यस्ता चाडबाडले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न थप योगदान पुग्ने पनि कार्कीले विश्वास जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *