यूईएफए नेसन्स लिग : जर्मनीको जित – Nepal Press

यूईएफए नेसन्स लिग : जर्मनीको जित

हेटौंडा । यूईएफए नेसन्स लिगमा जर्मनीले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले घरेलु टोली बोस्निया एन्ड हर्जगोभिनियाविरुद्ध २-१ को जित दर्ता गरेको हो ।

खेलको ३०औं मिनेटमा उन्डाभको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ६ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २-० ले अघि बढेको जर्मनीले दोस्रो हाफमा बोस्नियाको केही ठूला प्रहार रोकेको थियो । यही क्रममा बोस्नियाले ७० औं मिनेटमा इडेन जेकोको गोलमार्फत अन्तरलाई कम गरेको थियो । तर, उनको एकमात्र गोलले जर्मनलाई महत्वपूर्ण जितको लागि बाधक बनेन र खेल जर्मनिले जित्यो ।

जितसँगै तीन खेलमा सात अंक जोडेर जर्मनी लिग ‘ए’को सूमह २ को शीर्षस्थानमा उक्लिएको छ । पराजित हर्जगोभिनिया समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

गएरातिनै भएको अन्य खेलमा इस्टोनियाले अजरबैजानलाई ३-१, चेक रिपब्लिकले अल्बानियालाई २-०, तथा टर्कीले मेन्टेनग्रो र युक्रेनले जर्जियालाई समान १-० ले पराजित गर्‍यो ।

यसैगरी नेदरल्यान्ड्सले हंगेरीसँग १-१ तथा वेल्सले आइसल्यान्ड र स्विडेनले स्लोभाकियासँग समान २-२ को बराबरी खेले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *