युरोपियन नेसन्स लिग : स्पेन विजयी – Nepal Press

युरोपियन नेसन्स लिग : स्पेन विजयी

हेटौँडा । युरोपियन नेसन्स लिगमा स्पेनले दोस्रो जित निकालेको छ ।

शनिवार राति भएको खेलमा स्पेनले डेनमार्कलाई १–० ले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनका मार्टिन जुबिमेन्डीले निर्णायक गोल गरे । उनले ७९औँ मिनेटमा गोल गरेका हुन् ।

दोस्रो जितपछि स्पेन शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको एक बराबरसहित ७ अंक छ ।

डेनमार्कको ६ अंक रह्यो । सर्वियाले तीन अंक जोड्दा स्विटजरल्यान्डको कुनै अंक छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *