तनहुँमा टीका लाउन ससुराली आएका एकजनाको नुहाउने क्रममा नदीले बगाएर मृत्यु – Nepal Press

तनहुँमा टीका लाउन ससुराली आएका एकजनाको नुहाउने क्रममा नदीले बगाएर मृत्यु

दमौली (तनहुँ) । व्यास नगरपालिका-६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल उनको शव भेटिएको इन्स्पेक्टर मुनेन्द्र थापाले जानकारी दिए । दशैँमा टीका लगाउन ससुराली आएका पोखरेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयबासी र प्रहरीले खोजतलास गरी उनको भेटेका हुन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *