प्रहरी कर्मचारीहरूले लगाए आईजीपीको हातको टीका – Nepal Press

प्रहरी कर्मचारीहरूले लगाए आईजीपीको हातको टीका

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

प्रहरी मुख्यालयस्थित निवासमा उपस्थित भएकाहरूलाई उनले टीका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामनागरे । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी छन् ।

इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो ।

टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारी, प्रहरी अधिकृत तथा जवान साथै परिवार पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *