पाकिस्तानको टेस्ट टोलीबाट बाबरसहित ४ खेलाडी बाहिरिए – Nepal Press

पाकिस्तानको टेस्ट टोलीबाट बाबरसहित ४ खेलाडी बाहिरिए

पाकिस्तान  । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टेस्ट टोलीमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ  ।   बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेष्ट टोलीबाट हटाएको छ ।

यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । त्यस्तै, मोहमद अली र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ ।
इंग्ल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा यस्तो परिर्वतन गरेको जनाएको छ ।

दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टेस्ट टोलीः

शान मसूद (कप्तान), साउद शकील(उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद

May be an image of 1 person and text


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *