फिनल्यान्डविरुद्ध इङ्गल्यान्डको जित – Nepal Press

फिनल्यान्डविरुद्ध इङ्गल्यान्डको जित

हेटौँडा । युरोपियन नेसन्स लिगमा इङ्गल्यान्डले फिनल्यान्डविरुद्ध सहज जित दर्ता गरेको छ ।

आइतबार राती भएको खेलमा इङ्गल्यान्ड फिनल्यान्डलाई ३-१ गोलले पराजित गरेको हो ।

इङ्गल्यान्डको जितमा ज्याक, अलेक्जेन्डर र राईसले एक-एक गोल गर्दा फिनल्यान्डका होस्कोनेनले एक गोल गरे ।

जितपछि इङ्गल्यान्ड चार खेलबाट ९ अंक सहित समूह बि को दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट कुनै अङ्क नजोडेको फिनल्यान्ड पुच्छरमा छ ।

आइतबार राती नै भएको अन्य खेलमा ग्रिसले आयरल्यान्डलाई २-० गोलले पराजित गरेको छ भने नर्थ म्यासेडोनियाले अर्मेनियालाई पनि २-० गोलले पराजित गरेको छ ।

काजकिस्तानले स्लोभानियालाई १-० ले हराउँदा माल्टा माल्डोभा विरुद्ध १-० ले विजयी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *