६ जना किशोर फुटबलरको निधनबारे छानबिन आयोग बनोस् : कमल थापा – Nepal Press

६ जना किशोर फुटबलरको निधनबारे छानबिन आयोग बनोस् : कमल थापा

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कमल थापाले गत असोज १२ गते पहिरोमा परि निधन भएका ६ जना किशोर फुटबलको पहिरोमा परि ज्यान गएको विषयमा सरकारले छानबिन आयोग बनाउनुपर्ने बताएका छन् ।

राप्रपा नेपालका अध्यक्ष समेत रहेका पूर्व उपप्रधानमन्त्री थापाले एन्फाको गलत व्यवस्थापन र निर्णयको कारण छ जना किशोर फुटबलरले ज्यान गुमाउन परेको भन्दै सरकारले तत्काल कम्तीमा छानबिन समिति बनाएर निधन भएको खेलाडीको विषयमा छानबिन आयोग मार्फत सत्य तथ्य खोजी गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन् ‘२०४५ साल फागुनमा आँधीबेहरीको कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो। कसैको दबाब थिएन, कसैले राजीनामा मागेको पनि थिएन । अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षबाट मैले तत्काल राजीनामा दिएँ।

सरकारले छानबिन आयोग गठन गर्‍यो ।अन्ततः राष्ट्रिय खेलकुद परिषद् विघटन भयो,शिक्षा मन्त्री राजीनामा दिन बाध्य भए। यो राजाको शासन र पंचायतकालको कुरा थियो।

गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुखद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानबिन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु । यस तर्फ प्रम के पी ओलीको ध्यान आकर्षित गर्दछु ।’

गत असोज १२ गते पहिरोमा पुरिएर अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, बारा र दिवस बानियाँ मकवानपुरको ज्यान गएको थियो ।

उनीहरूसहित ४० जना किशोरलाई एन्फाले आवासीय सुविधा सहित बत्सलादेविमा एकेडेमी बनाएर प्रशिक्षणमा राखेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर