घुमुवा भन्दै व्यापारीसँग रकम असुल्ने युवक लागुऔषधसहित पक्राउ – Nepal Press

घुमुवा भन्दै व्यापारीसँग रकम असुल्ने युवक लागुऔषधसहित पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखको घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) को घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका- २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताए ।

सादा पोसाकको घुमुवा प्रहरीका रुपमा रौतहट जिल्लामा ठगी धन्धामा संलग्न बैठाको साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स एक बोतल, मोबाइल एक थान, नगद १७ हजार ९०० र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

बैठालाई अहिले इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर