विपद् उद्धारमा खटिएका एपीएफका इन्स्पेक्टर बडुवालको निधन – Nepal Press

विपद् उद्धारमा खटिएका एपीएफका इन्स्पेक्टर बडुवालको निधन

काठमाडौं । विपद्पछि उद्धार र राहत वितरणमा निरन्तर खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । एपीएफ अस्पताल बलम्बुमा आज बिहान उनको निधन भएको हो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए ।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो । सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार , मंगलटार , कालढुंगा , बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो ।

इन्स्पेक्टर बडुवाललाई ज्वरोलगायतका समस्या देखिएपछि असोज २६ गते एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार बिहान निधन भएको सशस्त्र प्रहरी संगठनले जनाएको छ । बर्दिया घर भएका बडुवाल २०६० सालमा असईबाट सेवा प्रवेश गरेका थिए ।

उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *