वुमन्स विश्वकप : समूह चरणबाटै बाहिरिए भारत र पाकिस्तान – Nepal Press

वुमन्स विश्वकप : समूह चरणबाटै बाहिरिए भारत र पाकिस्तान

काठमाडौं । भारत र पाकिस्तान युएईमा जारी वुमन्स टी-२० विश्वकपको समूह चरणबाट बाहिरिएका छन् ।

समूह ‘ए’को अन्तिम खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै पाकिस्तान र भारत विश्वकपबाट बाहिरिएका हुन् ।

समूह ‘ए’ बाट अष्ट्रेलिया ४ खेलमा ४ जित र न्युजिल्यान्ड ३ खेलमा जित र एक खेलमा हारसहित सेमिफाइनलमा प्रवेश गरेका हुन् । उक्त समूहबाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिए ।

भारत २ हार, पाकिस्तान ३ हार र श्रीलंका जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

भारतले अष्ट्रेलिया र न्युजिल्यान्डसँग हार बेहोर्दा पाकिस्तानले भने श्रीलङ्कामाथि मात्र जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *