जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त – Nepal Press

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् ।

मंगलवार जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् ।

जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । एनपिएलमा ८ फेन्चाइज टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *