काठमाडौंमा ९ ‘हिमाली हिरो’ को नागरिक अभिनन्दन, सम्मान थापेर क्यास्टेर्न पिरामिडतर्फ लागे निर्मल पुर्जा – Nepal Press

काठमाडौंमा ९ ‘हिमाली हिरो’ को नागरिक अभिनन्दन, सम्मान थापेर क्यास्टेर्न पिरामिडतर्फ लागे निर्मल पुर्जा

काठमाडौं । एकै सिजनमा हिमाल आरोहणको तीन किर्तिमान कायम गर्ने प्रशिद्ध आरोही निर्मल पुर्जा काठमाडौं फर्किए लगत्तै सरकार र नागरिकतर्फबाट अभिनन्दन थापेर क्यास्टेर्न पिरामिड आरोहणका लागि इण्डोनेशियातर्फ लागेका छन् ।

पुर्जाले यसपटक ५ दिनभित्र तीनवटा नयाँ रेकर्ड कायम गरेका छन् । उनी र मिङ्मा जी शेर्पाले अक्सिनको सहायताबिना विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

कीर्तिमानी आरोही पुर्जासहित सिसापाङ्मा हिमाल आरोहण गरेर सोमबार काठमाडौं फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरूको नागरिकस्तरबाट भव्य स्वागत गरिएको हो ।

त्यस्तै पर्यटनमन्त्री बद्री पाण्डेको उपस्थितिमा नेपाल पर्यटन बोर्डमा १४ वटै हिमाल आरोहणको सफलता लिएर फर्केका ९ जना आरोहीलाई सम्मान गरिएको थियो ।

सो क्रममा अक्सिजनबिना १४ हिमाल आरोहण गर्ने पुर्जासहित तेजन गुरुङ, पासाङ तेण्डी शेर्पा, मिङमा जी शेर्पा, दावा ग्याल्जे शेर्पा, दावा याङजुम शेर्पा, निमा रिन्जि शेर्पा, पासाङ नुर्बु शेर्पा र मिङतेम्बा शेर्पा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर