सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा अस्ट्रेलियाका पूर्वस्पीनर ब्राड हज नियुक्त – Nepal Press
एनपीएल

सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा अस्ट्रेलियाका पूर्वस्पीनर ब्राड हज नियुक्त

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अस्ट्रेलियाका पूर्वस्पीनर ब्राड हजलाई प्रमुख मेन्टर नियुक्त गरेको छ ।

हजको नियुक्तिले एनपीएलमा टोलीको प्रदर्शन उच्च हुने विश्वास सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले गरेका छन् । ४९ वर्षीय हजले यसअघि इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।

जगत टमटा सुदूरपश्चिमका प्रमुख प्रशिक्षक हुन् । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका छन् । एनपीएल मंसिर १६ गतेबाट सुरू हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर