लयमा फर्कियो ब्राजिल, पेरुविरुद्ध फराकिलो जित – Nepal Press

लयमा फर्कियो ब्राजिल, पेरुविरुद्ध फराकिलो जित

हेटौँडा । पाँच पटकको विश्व विजेता ब्राजिलले आफूलाई लयमा फर्केको संकेत गरेको छ । दक्षिण अमेरिका पोल अन्तरगत विश्वकप छनोटमा पेरु विरुद्ध ४-० को फराकिलो गोलअन्तरले विजयी हुँदै ब्राजिल लगातार दोस्रो खेलमा विजयी बन्यो ।

विश्वकप छनोटमा यो पटक आफ्नो स्वभाविक प्रदर्शनबाट खस्किएको ब्राजिल पछिल्लो दुई खेलबाट पुरानै लयमा फर्केको संकेत गरेको छ ।

बुधवार बिहान भएको खेलमा ब्राजिलका राफिन्हाले ३८ मिनेटमा पेनाल्टी मार्फत ब्राजिललाई पहिलो अग्रता दिलाएका थिए । उनै राफिन्हाले ५४ औँ मिनेटमा पुनः पेनाल्टी मार्फत गोल गर्दै ब्राजिललाई दोस्रो अग्रता दिलाए ।

खेलको ७७ औँ मिनेटमा पेरिराले गोल गर्दै ब्राजिलको अग्रता ३-० बनाए ।त्यसको तीन मिनेटमानै हेनरिकले गोल गरेपछि ब्राजिलले ४-० को सानदार जित निकाल्यो । जितपछि ब्राजिल साउथ अमेरिकी पोलको चौथो स्थानमा उक्लिएको छ । १० खेल खेलेको ब्राजिलले १६ अङ्क बनाएको छ ।

समान खेलबाट १६ अङ्कनै बनाएको उरुग्वे गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ । कोलम्बिया १९ अङ्क सहित दोस्रो र अर्जेन्टिना २२ अङ्क सहित पहिलो स्थानमा छ । ब्राजिलसँग पराजित पेरु भने ६ अङ्क सहित नवौँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *