दानबापत एमालेले लिएको जग्गा फिर्ता भएको घोषणा गरोस् : नैनसिंह महर – Nepal Press

दानबापत एमालेले लिएको जग्गा फिर्ता भएको घोषणा गरोस् : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले दान जग्गा फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका सम्पर्क समितिहरूसँगको भेटघाटमा महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको उल्ल्ेख गर्दै प्रधानमन्त्रीले कसैबाट दान दातव्य र नजराना लिनु सुशासनको खिलाफ भएको बताए ।

उनले जनतामा आशा जगाउनका लागि भए पनि एमाले पार्टी कार्यालयका लागि दिइएको १० रोपनी १४ आना जग्गा फिर्ता गर्न आग्रह गरेका हुन् ।

दानकर्ता मीनबहादुर गुरुङ दम्पत्तीप्रति आफूहरूको कुनै आग्रह पूर्वाग्रह नरहेको बताए ।

गुरुङ दम्पत्ती अस्पताल लगायत ठाउँमा दान गरिरहेका दानवीर व्यवसायी उल्लेख गर्दै उनले अहिले व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरूपण नभएसम्म कुनै पनि राजनीतिकले सहयोग लिनु वदनियतपूर्ण हुने बताए ।

उनले भने, ‘अदालतले दोष ठहर नगरेसम्म सम्बन्धित व्यक्ति निर्दोष रहन्छ भन्ने कानूनी मान्यता भए पनि ललिता निवास जग्गा प्रकरणमा गुरुङलगायतको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै वेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिई त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन भनेर जनताले नै प्रधानमन्त्री माथि प्रश्न उठाउँछ । तसर्थ यथाशक्य नेकपा एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ ।’


प्रतिक्रिया

One thought on “दानबापत एमालेले लिएको जग्गा फिर्ता भएको घोषणा गरोस् : नैनसिंह महर

  1. अर्काको पार्टीको अन्तरिक गतिविधिमा अन्य पार्टीको कुटिल चाल र सोच राख्न कसैलाई सुहाउँदैन भने शुभेच्छा मात्र राख्न मिल्छ, यसो उसो भन्न मिल्छ, अन्यथा के मतलव ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर