एमालेलक्षित विश्वप्रकाशको टिप्पणी- कांग्रेसका हरेक सदस्य पार्टीको केन्द्रीय कार्यालय आफैँले बनाएको भनेर गर्व गर्छन् – Nepal Press

एमालेलक्षित विश्वप्रकाशको टिप्पणी- कांग्रेसका हरेक सदस्य पार्टीको केन्द्रीय कार्यालय आफैँले बनाएको भनेर गर्व गर्छन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूला व्यवसायीसँग भूकम्प प्रभावितलाई हजार घर बनाइदेऊ भनेर अपिल गर्न सक्ने बताएका छन्। तर, कुनै पार्टी कार्यालय बनाउन व्यवसायीबाट सहयोग लिन नहुने उनको तर्क छ।

सरकारले बाढीले नबग्ने सय पुल, गाउँमा शैक्षिक संस्था र स्वास्थ्यचौकी बनाउन व्यवसायीसँग अपिल गर्न सक्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘अझ ठुलो दान लिने दिने भए– देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देऊ, यस्तो पनि त भन्न र गर्न मिल्छ।’

उनले स्वदेश र विदेशमा रहेका हरेक कांग्रेस सदस्य पार्टीको केन्द्रीय कार्यालय आफैँले बनाएको गर्व गर्ने उनको भनाइ छ।

उनले थपेका छन् , ‘हो, कयौँ व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर मूलत: पार्टी सदस्यको मन जोडिएको छ यो बन्दै गर्दा उसबेलाका ४ लाख बढी क्रियाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ ।’

एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण थालेपछि चर्को आलोचना भइरहेको छ।


प्रतिक्रिया

One thought on “एमालेलक्षित विश्वप्रकाशको टिप्पणी- कांग्रेसका हरेक सदस्य पार्टीको केन्द्रीय कार्यालय आफैँले बनाएको भनेर गर्व गर्छन्

  1. निजि सम्पती ,घर जग्गा जोडेको बनाएको भनेर के गर्व गर्नु ! काङ्ग्रेस ले देश बनायो भनेर गर्व गर्ने ठाउँ भए पो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर