रियल स्टेट कर्जा घट्यो, निजी आवासका लागि भने उच्च माग – Nepal Press

रियल स्टेट कर्जा घट्यो, निजी आवासका लागि भने उच्च माग

काठमाडौं । घरजग्गाको मन्दी अझै हटेको छैन । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गर्ने ऋण कम हुनुले घरजग्गा (रियल स्टेट) कारोबार अझै उठ्न नसकेको स्पष्ट हुन्छ ।

यो क्षेत्रमा चलायमान हुँदा कर्जाको माग समेत बढ्ने गर्छ । तर चालु आर्थिक वर्षको दुई महिनासम्ममा बैङ्कहरूले प्रवाह गर्ने कर्जा केही घटेको तथ्यांक राष्ट्र बैंकले प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनासम्ममा बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ६२ अर्ब ९५ करोड ७० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ । साउनको तुलनामा भदौमा यस्तो कर्जा ८ अर्ब ३८ करोड ५० लाख रुपैयाँले घटेको छ ।

साउनसम्ममा २ खर्ब ६ड अर्ब १२ करोड ८० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको देखिन्छ । आवासीय घर कर्जा, व्यावसायिक भवन, जग्गा प्लटिङ जस्ता क्षेत्रबाट ऋणको माग घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आवासीय घर कर्जा ४ अर्ब ५५ करोड ३० लाख रुपैयाँले घटेको छ । तर २ करोड भन्दा माथिको व्यक्तिगत घर कर्जाको माग भने बढेको छ ।

भदौ मसान्त सम्म यस क्षेत्रमा ३ खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । जबकि साउनसम्म ३ खर्ब ८७ अर्ब १ करोड ६० लाख रुपैयाँ ऋण प्रवह भएको थियो ।

यस आधारमा हेर्दा एकै महिनामा (भदौमा) व्यक्तिगत घर कर्जा १७ अर्ब ७ करोड ९० लाख रुपैयाँले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *