टीकाको दिन आफैँले घाइते बनाएका व्यक्तिलाई अस्पताल छाडेर भागेका चालक पक्राउ – Nepal Press

टीकाको दिन आफैँले घाइते बनाएका व्यक्तिलाई अस्पताल छाडेर भागेका चालक पक्राउ

काठमाडौं । सवारी दुर्घटना गराई भागेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका-१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका-१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । बा.३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

यही असोज २६ गते दशैँको टीकाको दिन साँझ काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका-२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौं मेडिकल कलेज पुर्‍याइ फरार भएको प्रहरीले जनाएको छ ।

विनयको भने उपचारका क्रममा २७ गते मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर