मालढुंगा-बेनी सडक स्तरोन्नति नभए सरकारी गाडी चल्न नदिने चेतावनी – Nepal Press

मालढुंगा-बेनी सडक स्तरोन्नति नभए सरकारी गाडी चल्न नदिने चेतावनी

पोखरा । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमिको मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ ।

२०७७ सालमा ठेक्का सम्झौता भए पनि हालसम्म कुनै प्रगति नभएको भन्दै ‘कहिले अभियान’ले म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो ।

उक्त सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभी कम्पनीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो, तर हालसम्म कुनै प्रगति नभएको उक्त अभियानले जनाएको छ ।

अभियानले निर्माण कम्पनीलाई छलफल गरी १ हप्ताभित्र कार्य सुरुको मासिक प्रगतिको योजनाको खाकासहित सडक निर्माण कार्य प्रारम्भ गराउन माग गरेको छ । उक्त समयमा पनि स्तरोन्नतिको काम सुरु नभए उक्त सडकमा कुनै पनि सरकारी सवारीसाधन सञ्चालन गर्न नदिने चेतावनीसमेत दिइएको छ ।

पटक पटक दबाब दिँदा पनि बेवास्ता गरिएपछि अल्टिेमेटम दिनुपरेको ज्ञापनपत्र बुझाउन गएका नेकपा एमालेनिकट अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर