पेन्सन तथा उपदान कोषको ५ अर्ब ३१ करोड राख्ने बैंकको खोजीमा राष्ट्र बैंक – Nepal Press

पेन्सन तथा उपदान कोषको ५ अर्ब ३१ करोड राख्ने बैंकको खोजीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदानको पैसा एक वर्षे मुद्दती निक्षेपमा राख्ने बैंकहरुको खोजी गरेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त कोषको रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफ्नो इमेलमा प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

२०८१ कात्तिक १३ देखि २०८२ कात्तिक १२ गतेसम्मका लागि राख्न लागिएको उक्त मुद्दती निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही कात्तिक २ गते ७ बजेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ७९ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गमा फाइनान्स कम्पनीमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप लगानी गर्न प्रस्ताव माग गरेको हो ।

यो निक्षेप लिन राष्ट्र बैंकले १२ वटा शर्त राखेको छ । उक्त शर्तअनुसार बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, न्यूनतम पुँजी कोष कायम भएको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएकोलगायतका शर्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *