सहकारी ठगीमा संलग्नहरूलाई कारवाही प्रक्रिया सुरू भइसक्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ) – Nepal Press

सहकारी ठगीमा संलग्नहरूलाई कारवाही प्रक्रिया सुरू भइसक्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा संलग्नहरूलाई कारवाहीको प्रक्रिया सुरू भइसकेको बताएका छन् ।

बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धित मन्त्रालयलाई लेखी पठाइसकेको बताए ।

अहिलेको सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने उनको प्रतिवद्धता छ । त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जानकारी गराए ।

जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको भन्दै उनले सरकारको स्थिरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखे ।

वर्तमान सरकार गठनपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको गुरुङको दाबी छ । यसअघिको सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमश: भुक्तानी गर्दै जाने उनले बताए ।


प्रतिक्रिया

One thought on “सहकारी ठगीमा संलग्नहरूलाई कारवाही प्रक्रिया सुरू भइसक्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

  1. गल्ती गरेको होस् नहोस् हेर्दै नहेरी रविलाई समातेर कोचिहाल्नु पर्ने माग छ काँग्रेसको । ठगहरू अरूलाई पनि ठगमा दर्ज गर्न नपाएर छटपटाईरहेका छन् । कुपण्डोलको जग्गा दानमा लिनेले एमालेले किन जग्गा दानमा लिएको भनेर झापाको एउटा काँग्रेसले ओलिसँग जवाफ मागेको छ । अलिकति लाज भन्ने पनि रहेनछ त्यसलाइ ? अर्को लैनचौरको हण्डी खाने रौतहटतिरकोलाई पनि एमालेको भवन बन्ने भयो भनेर डाहा भएको छ । दलाललाई दक्षिणले कि पैसा फिर्ता गर कि ओलिको चर्को विरोध गर भन्यो होला अनि छटपटाएर भुक्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर