वसन्त मौसममा वसन्तपुरको चिटिक्क चोस् लुङ पार्क क्षेत्र (तस्बिरहरू) – Nepal Press

वसन्त मौसममा वसन्तपुरको चिटिक्क चोस् लुङ पार्क क्षेत्र (तस्बिरहरू)

काठमाडौं । प्राकृतिक संरचना हुबहु राखेर कङ्क्रिट प्रयोग नगरी बनाइएको तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ३ को चोस्लुङ पार्क जिल्लाको मात्र होइन प्रदेशकै लोकप्रिय पर्यटन गन्तव्य हो ।

अहिले पर्वहरूको मौसम वसन्त मौसममा पालिका मुकाम वसन्तपुरको यो पार्क चिटिक्क देखिएको छ । गुराँस मौसममा गुराँसले ढाकिने पार्कमा गुराँस नफुल्दा पनि बेग्लै रौनक छ ।

ढुंगामाटो र काठपातको प्रयोग गरी पार्कमा लिम्बु मिथक र संस्कृतिमा जोडिए का स्थानीय जातका र जंगलबाट लालीगुराँस ल्याएर रोपिएको छ ।

लालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको गेटवे टाउन वसन्तपुर बजारको पार्क भएकोले आगन्तुक बाक्लो आउँछन्।

१०० रुपैयाँ प्रवेश शुल्क भएको पार्कमा नेपाली बाहेक भारतीय, चिनियाँ, अमेरिकी, बेलायती, जापानी, लगायत थुप्रै देशका पर्यटक तथा अनुसन्धानकर्ता आएको मेयर अर्जुनबाबु माबोहाङ बताउँछन्।

पहिचान पुरस्कार विजेता लेखकसमेत रहेका माबोहाङको अवधारणामा बनेको याम्थुङ्बा संस्कृतिको प्रतिबिम्बको रूपमा रहेको पार्कको उद्घाटन वरिष्ठ कवि वैरागी काइँलाले २०७६ पुस ५ मा गरेका थिए ।

पार्कमै रहेको युमा सङ्ग्रहालय चैँ तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले २०७८ चैत १९ मा उद्घाटन गरेका थिए।

यो वर्ष मात्र १३ लाख हाराहारी प्रवेशबाट आम्दानी भएको बताइएको छ ।

लिम्बू भाषामा चोस् भन्नाले लक्ष र लुङ भन्नाले ढुंगा हुन्छ। अर्थात् आदिम ढुंगासँग जोडिएको लिम्बू संस्कृति झल्काउने विभिन्न खुराक पार्कमा छन् ।

लिम्बू जातिको युमा सङ्ग्रहालय र १६ फिट अग्लो कल्चरल ढुंगा पार्कका मुख्य आकर्षण छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *