युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण – Nepal Press

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपालले नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण गरेको छ ।

युनिलिभरले नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत आज एन्फा कार्यालयमा नेपालको राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको हो ।

यी एथलीटहरूलाई उनीहरूको सफलतातर्फको यात्रामा समर्थन गर्न जारी राख्दै डोभले आफ्नो ब्रान्डको हेरचाह, सशक्तिकरण, र आत्मविश्वासको प्रतिबद्धतालाई सुदृढ गर्दै, भविष्यको लागि एक दिगो प्रभाव छोडेको छ।

दीर्घकालीन, मूल्य–सञ्चालित साझेदारी, महिला फुटबलको प्रवर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टूर्नामेंटहरूसँग पब्क्तिबद्ध गर्दै फुटबल संस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने उद्देश्यका साथ, युनिलिभरले परम्परागत स्पन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ।

नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको युगमा युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले पार्न सक्ने महत्त्वपूर्ण प्रभावलाई बुझेर सम्मान गरेको छ।

राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्म–आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिशनलाई झल्काएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर