प्रधानमन्त्रीको निर्देशनपछि विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै – Nepal Press

प्रधानमन्त्रीको निर्देशनपछि विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आज गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

बैठकमा बाढी पहिरोबाट पुगेको क्षति र पुननिर्माणको विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर